करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ । … Continue reading करेन्ट लागेर दुई युवतीको मृत्यु